लागुऔषध गाँजा र चरेशसहित एक पक्राउ

बाग्लुङ । बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिवाङ देवचोक बस्ने मिना थापालाई करिब ३ किलो ९ सय ग्राम अबैध लागूऔषध चरेश र ३ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित प्रकाउ गरेको छ । प्रहरीले मिनालाई गएराति पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

बुर्तिवाङमा मिनाले सञ्चालन गरेको मिना खाजा घरबाट ईलाका प्रहरी कार्यालय बुर्तिवाङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त चरेश र गाँजा फेला पारी उनलार्य पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरलिे थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

 

प्रतिक्रिया