सुदूरपश्चिममा भारतबाट आएका एक कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु

सुदूरपश्चिम । कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत् भीमदत्त नगरपालिका-१५ का ४५ वर्षीय संक्रमित पुरुषको मंगलबार राति मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले अस्पताललाई उदृत गर्दै संक्रमितकाे मृत्यु भएको पुष्टि गरे।

अस्पतालका अनुसार चैत २२ गते भारतको गुजरातबाट नेपाल आइपुगेका ती पुरुष परीक्षणमा संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए।

दोस्रो चरणकाे संक्रमण फैलिए संगै सुदूरपश्चिममा यो पहिलाे संक्रमितको मृत्यु भएको हो। भने मृतकको शव बुधबार दिउँसो व्यवस्थापन गरिने भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा त्रिनगर नाकाबाट भित्रिएका कञ्चनपुर, डडेल्धुरा र डोटीका एक/एक जनामा संक्रमण पुष्टि भएको थियो।

सुदूरपश्चिम प्रदेशमा गत चैत २१ गते कोरोना भाइरसको नयाँ प्रकार(भेरियन्ट) को संक्रमण पुष्टि भएको थियो।

भारतमा दोस्रो चरणको कोरोना संक्रमण फैलिएपछि घर फर्किनेहरू नाकामा भीड बढ्न थालेकाे छ ।

प्रतिक्रिया