सिभिल बैंकद्वारा सुरेन्द्र ढकाल फाउन्डेसनलाई सहयोग

काठमाडौं । सिभिल बैंकले आफ्नो सामाजिकउत्तरदायित्वकार्यक्रमअन्तर्गत सुरेन्द्र ढकाल फाउन्डेसनलाई सामुदायिक विद्यालय सहयोगका लागि मंगलबार एक कार्यक्रम आयोजना गरी सहयोग रकम हस्तान्तरण गरेको छ ।

सिभिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेलले उक्त सहयोग रकम फाउन्डेसनका अध्यक्ष सुरेन्द्र ढकाललाई हस्तान्तरण गरे ।

पाँच लाखभन्दा बढी ग्राहकलाई ११४ शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले यस एक्सटेन्सन काउन्टर सहित ८ एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ‚ जसमध्ये ५ वटा एक्सटेन्सन काउन्टरहरू नेपाल सरकारको कर तथा राजस्व संकलन गर्न स्थापित गरिएको हो ।

साथै बैंकको हालसम्म ८९ एटिएम रहेका छन् भने बैंकले हालसम्म करीब ८२अर्बभन्दा बढी निक्षेप परिचालन गरी ७८अर्बभन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।

प्रतिक्रिया