नविल बैंकद्वारा धुम्बाराही तरकारी बजारमा क्यूआर कोड सञ्चालन

काठमाडौं । धुम्बाराही तरकारी बजारमा नविल बैंकको क्यूआर कोड संचालनमा ल्याइएको छ । मंगलबार बिहान राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेलले उक्त क्युआर कोडको उद्धघाटन गरेका हुन् ।

सोही अवसरमा उनले विद्युतीय भुक्तानी प्रविधिमा जोड दिनुपर्ने बताए । साथै क्यासलेस कारोबारलाई बढाउनुपर्ने उनको भनाइ थियो ।

यो सहज, सजिलो र नेपालकै प्रविधियुक्त एप हो । जसबाट विदेशमा पैसाको कारोबार गर्न नसकिने बताइएको छ ।

नबिल बैंकका सिइओ अनिल केसरी शाहले सबै तरकारी बजारलाई क्यासलेस कारोबार गर्न प्रोत्साहित गर्दै जाने बताए । उनले तरकारी पसल राख्ने व्यापारीलाई पाँच लाखसम्म ऋण प्रदान गरिने जानकारी दिए ।

प्रतिक्रिया