प्लाई उद्याेगमा लागेकाे आगाे १३ घण्टामा पनि नियन्त्रणबाहिर

विराटनगर । सुनसरीको खनारमा बिहानदेखि लागेकाे आगाे अझै नियन्त्रणमा आउन सकेकाे छैन । बिहान ७ बजेदेखि खनारमा रहेकाे तिरुपति प्लाई उद्योगमा भीषण आगलागी भएको हाे ।

आगलागीबाट उद्योगमा रहेको तयारी प्लाई जलेर नष्ट भएको भएको प्रहरीले जनाएकाे छ । आगलागीको कारण भने खुलेको छैन ।

आगलागी अझै नियन्त्रणमा आउन नसकेको इलाका प्रहरी कार्यालय इटहरीका निरीक्षक केशव कटुवालले बताए । प्लाई उद्याेगमा आगाे सल्किएकाले भित्रभित्रै ठूलाे क्षति भएकाे प्रहरीले जनाएको छ ।

आगलागी नियन्त्रणमा लिन सुनसरी, मोरङ र झापाबाट दमकल परिचालन गरिएकाे भएपनि १३ घण्टा बितिसक्दा पनि आगाे नियन्त्रणमा आउन नसकेकाे कटुवालले बताए । आगो नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ । स्थानीयवासीले समेत नियन्त्रणमा सहयोग गरिरहेका छन् ।

प्रतिक्रिया