सांग्रिला डेभलेपमेन्टको १६औं साधारण सभा सम्पन्न

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको सोह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा भौतिक तथा जूम प्रविधिमार्फत् सभा सम्पन्न गरिएको हो ।

साधारण सभाले बैंकको (एसएडिबिएल) ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारण सभाले बैंकको चुक्ता पूँजी २ अर्ब ६० करोड ६६ लाख ४० हजार ४०० रुपैयाँको ५ प्रतिशत बोनस शेयर तथा कर भुक्तानी प्रयोजनका लागि ०.२६३२ प्रतिशतले हुन आउने ६८ लाख ५९ हजार ५८० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

यसका साथै सभाले आर्थिक वर्ष ०७६ ७७ को वित्तीय विवरण र आर्थिक वर्ष ०७७/७८ का लागि लेखा परीक्षक नियुक्तिको प्रस्ताव पनि पारित गरेको छ ।

प्रतिक्रिया