कुमारी बैंक र कैलाली अस्पतालबीच सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र धनगढीस्थित कैलाली हस्पिटल प्राइभेट लिमिटेडबीच स्वास्थ्य सेवामा सहुलियत प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले सम्झौता भएको बैंकले जनाएको छ ।

कुमारी बैंक लिमिटेड सुदूरपश्चिम प्रदेशका प्रमुख दिपक खनाल र कैलाली हस्पिटल प्राइभेट लिमिटेडका जनकराज जोशीले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पत्रअनुसार कैलाली हस्पिटल प्राइभेट लिमिटेडमा ओपीडी, बेड चार्जेज, एक्स-रे, एन्डोस्कोपीलगायत विभिन्न स्वास्थोपचार सेवा शुल्कमा सेवाग्राहीले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत् भुक्तानी गर्दा १०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९३ शाखा सञ्जाल, १६२ एटिएम, २५ शाखारहित बैंकिङ इकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्यधुनिक बैंकिङ सुविधाहरू दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया