कुमारी बैंकको २०औं वार्षिकोत्सव सामाजिक कार्यक्रम गरी सम्पन्न

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा आफ्ना शाखाहरुबाट सामाजिक कार्यक्रम आयोजना गरी मनाएको छ ।

बैंकले आफ्नो प्रदेश– १ अन्तर्गत रहेका १६ वटै शाखाहरूबाट मन्दिर तथा स्थानीय परिसर सरसफाई तथा हरियाली संरक्षण कार्यक्रमहरू सम्पन्न गरेको छ । यसै सन्दर्भमा बैंकको पथरी शाखाले शनिश्चरे स्थित सेल्फी रोडमा डस्टबिन वितरण, उर्लाबारी मङ्गलबारेस्थित महायोगी गुरु शिव गोरक्षनाथ सिद्ध गोरक्ष योगपीठ सिद्धाश्रम नेपाल मन्दिर परिसरमा वृक्षारोपण तथा डस्बिन वितरण गरेकोे छ ।

बैंकले वातावरण प्रतिको जिम्मेवारी बहन गर्नु नै समाजमा प्रभावकारी परिवर्तनको प्रधान वाहक रहेको कुरालाई आत्मसाथ गर्दै सो कार्यक्रमहरु गरेकोे हो । यस २० औं वार्षिकोत्सवको उपलक्ष्यमा आफ्नोे संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेश– १ रहेका १६ वटै शाखाहरुबाट बैंकले वृक्षारोपण एवं सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६२ एटिएम, २५ शाखारहित बैंकिङ इकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्यधुनिक बैंकिङ सुविधाहरू दिँदै आएको र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया