सिद्धार्थ बैंकद्वारा हेल्प नेपाल नेटवर्कलाई सहयोग

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले दोलखास्थित राजकुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माण गर्न हेल्प नेपाल नेटवर्कलाई सहयोग गरेको छ । सोमबार बैंकले हेल्प नेपाल नेटवर्कलाई सहयोगस्वरुप पाँच लाख रकम सहयोग गरेको हो ।

सो रकम बैंककी हेड अफ सर्कल अफिस, लाजिम्पाटकी श्रिनिमा नेपालले हेल्प नेपाल नेटवर्कका अध्यक्षअरुण सिंह बस्नेतलाई हस्तान्तरण गरेकी थिइन् ।

बैंकबाट प्राप्त उक्त रकम हेल्प नेपाल नेटवर्कले २०७२ सालको विनाशकारी भूकम्पले क्षति भएको दोलखाको भिमेश्वरस्थित राजकुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माण कार्यका लागि उपयोग गर्नेछ ।

नेपालको दुर्गम क्षेत्रको बालबालिकाको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा टेवा पुर्‍याउने उद्देश्य रहेको गैरसरकारी संस्था, हेल्प नेपाल नेटवर्कलाई पुर्‍याएको यस सहयोगबाट बैंकले केही हदसम्म भएपनि शिक्षाको क्षेत्रमा उत्थान हुने र आगामी दिनहरुमा पनि यस्ता संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैँ आफ्नो उच्च प्राथमिकता दिँदै जाने जनाएको छ ।

प्रतिक्रिया