सानिमा बैंकद्वारा विद्युतीय माध्यमबाट केवाइसी अद्यावधिक गर्ने सुविधा संचालनमा

काठमाडौं । सानिमा बैंक लिमिटेडले विद्युतीय अनलाइन माध्यमबाट आफ्नो व्यक्तिगत विवरण केवाइसी अद्यावधिक गर्न सक्ने सुविधा संचालनमा ल्याएको छ ।

सानिमा बैंकका ग्राहकले बैंकको वेबसाइटमा लगइन गरी ‘अनलाइन केवाइसी अपडेट’ मा क्लिक गरी विद्युतीय फारममा आवश्यक विवरण भरेर आफ्नो व्यक्तिगत विवरण केवाइसी अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ ।

यद्यपि मोबाइल नम्बर परिवर्तन गर्न र ल्याप्चेसहितको विवरणका लागि भने सम्बन्धित ग्राहकहरुले आफूलाई पायक पर्नेे शाखामा सम्पर्क राख्न सकिने जनाएको छ ।

बैंकमा उपस्थित नभई आफु अनुकूल स्थान र समयमा व्यक्तिगत विवरण छिटो, छरितो र सुरक्षित तरिकाले अद्यावधिक गर्न सकिने हुनाले यो सुविधाबाट धेरै भन्दा धेरै ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सानिमा बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १७ विस्तारित काउन्टर र ९६ वटा एटिएम संचालनमा रहेका छन् ।

प्रतिक्रिया