एभरेष्ट बैंकमा पहिलोपटक नेपाली सिइओ नियुक्त

काठमाडाैँ । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुदेश खालिङ नियुक्त भएका छन् । संचालक समितिको बैठकले उनलाई सिइओमा नियुक्त गरेको हो ।

खालिङले यसअघि लक्ष्मी बैंकमा सिइओको जिम्मेवारी सम्हालिसकेका छन् । बैंकमा पञ्जाव नेशनल बैंकको २० प्रतिशत स्वामित्व रहेकाले यसअघिसम्म भारतीय नागरिकले नै सिइओका रुपमा जिम्मेवारी सम्हाल्दै आएका थिए ।

हालका सिइओ गजेन्द्रकुमार नेगीलाई बीचमै जिम्मेवारी मुक्त गरेर संचालक समितिले खालिङलाई नियुक्त गरेको हो । एक बैंकमा सिइओको एक कार्यकाल ४ वर्षसम्मको रहने गरेको छ ।

प्रतिक्रिया