प्रदूषणमा विश्वका ५० सहरमध्ये काठमाडौं पहिलाे

काठमाडौं । पानी परेसँगै केहि दिनयता कम भएको काठमाडौंसहित देशभरको वायु प्रदूषण फेरि बढेको छ । बिहीबार साँझ पूर्वी तथा मध्य नेपालमा भएको वर्षाले प्रदषण केही घटे पनि सोमबार (आज) फेरि बढेको हो ।

बिहानको तथ्याङ्कअनुसार सबैभन्दा धेरै वायु प्रदूषण धनगढीमा छ । धनगढी एयर क्वालिटी इन्डेक्स (एक्युआई) ४२९ पुगेको छ । दोस्रो नम्बरमा चितवनको भरतपुर छ । त्यहाँको एक्युआई ३९८ छ भने तेस्रो नम्बरमा ललितपुरको भैंसेपाटीमा एक्युआई ३५९ छ ।

विश्वका ५० सहरमध्ये प्रदूषणका हिसाबले काठमाडौं १ नम्बरमा रहेको देखिएको हो । दोस्रो नम्बरमा म्यान्मार, तेस्रो नम्बरमा भारतको नयाँ दिल्ली, चौथोमा बंगलादेशको ढाका छ । प्रदूषणका कारण फेरि सर्वसाधारणहरुले आँखा पोलेको महसुस गरेका छन् ।

-हेर्नुहोस् विश्वका प्रदूषित सहरको सूची

विज्ञहरुका अनुसार एक्यूआई बढ्दै गएपछि जोखिम पनि बढ्छ । एक्यूआई ५० सम्म भएको वायुलाई स्वस्थ मानिन्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ ।

५१ देखि १ सयसम्मको एक्यूआईलाई सामान्य मानिन्छ । एक्यूआई २ सय १ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ । डब्लूएचओले ३ सय १ भन्दा माथि पुगे घातक हुन्छ ।

प्रतिक्रिया