मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

भारतमा भयावहः एकैदिन १ लाख बढीलाई कोरोना

काठमाडौँ । भारतमा पछिल्ला दिनमा कोरोना संक्रमण निकै तीव्र बन्दै गइरहेको छ । पछिल्लो समय भारतलाई कोरोना संक्रमणको हटस्पटका रुपमा हेर्न थालिएको छ ।

कोभिड १९ सम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको विवरणअनुसार आइतबार मात्रै १ लाख ३ हजार ७ सय ९३ मा संक्रमण पुष्टि भएको छ । त्यस्तै कोभिड संक्रमणबाट भारतमा थप ४ सय ७७ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कोरोना संक्रमितको संख्या करिब १ करोड २५ लाख ८७ हजार पुगेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ६५ हजार नाघेको छ । संक्रमण पुष्टि भएकामध्ये करिब १ करोड १६ लाख ६९ हजार निको भएका छन् ।

भारतमा पछिल्लो एक हप्तामा कोरोना संक्रमणको नयाँ केसको औसत हेर्ने हो भने पनि त्यो विश्वकै बढी देखिएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार एकैदिन कोरोनाबाट ९० हजारभन्दा बढी संक्रमित गत सेप्टेम्बर महिनामा पुष्टि भएको थियो । कोरोना संक्रमणका हिसाबले भारत विश्वमै तेस्रो स्थानमा छ ।

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com