गोल्छा ग्रुप र विद्युत प्राधिकरणबीच पीपीएका लागि सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं । गोल्छा ग्रुपले २ मेगावाट सौर्य ऊर्जा उत्पादन गर्न नेपाल विद्युत प्राधिकरणसँग पीपीए (पावर पर्चेज अग्रिमेन्ट)मा हस्ताक्षर गरेको छ ।

यस सम्झौतामा नेपाल विद्युत प्राधिकरणका तर्फबाट प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्य र गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले हस्ताक्षर गरेका छन् ।

शेखर गोल्छाका अनुसार यो आयोजनालाई उनीहरुले ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखेका छन् । यसका अनुभवबाट अन्य आयोजनाहरु पनि विकास गर्ने उनले जानकारी दिए ।

प्रतिक्रिया