आधिकारिक एमाले हामी हौँ : नेपाल

काठमाडौं । विपक्षी एमालेका नेता माधवकुमार नेपालले आफूहरु नै आधिकारिक एमाले भएको दाबी गरेका छन् । आइतबार काठमाडौंको जिल्लाको समानान्तर कमिटी घोषणा सभामा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् । ‘कानूनी रुपले पार्टी कब्जा गर्नु बेग्लै कुरा हो,’ नेता नेपालले भने, ‘कानूनले नदिए अरु उपाय पनि खोजौँला ।’

यस्तै नेता नेपालले आफूहरु निलम्बित नेता नभएको जिकिर गरे । पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट फाले पनि आफू नफालिने बताए । ‘अरुले फालेपनि हामी आफू फालिन्नौँ,’ नेता नेपालले भनेका छन् ।

ओलीले नवौं महाधिवेशनमा जालझेल र षड्यन्त्र गरेर अध्यक्ष जितेको आरोप लगाउँदै नेता नेपालले ओलीले फूर्ति लाइरहेको बताए । यस्तै नेता नेपालले ओली अल्पमतमा परेको बताए । उनले भने– ‘केपी ओली एमालेका पनि अधिकांश कमिटीमा अल्पमतमा छन् । हामी झुक्दैनौँ ।’

प्रतिक्रिया