केएमसीद्वारा कुमारी बैंकको वार्षिकोत्सव अवसरमा स्वास्थ्य शिविर आयोजना

काठमाडौं । काठमाडौं मेडिकल कलेजलको प्राविधिक सहयोगमा कुमारी बैंकको वार्षिक उत्सवको अवसरमा सिन्धुपाल्चोकको थाङपाल गाउँपालिकामा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

कुमारी बैंक र थाङपाल गाउँपालिकाको सयुक्त आयोजनामा पाचँ पोखरी थाङपाङ गाउँपालिकाको वडा नं ६ मा रहेको थााङपाल माध्यमिक विद्यालयमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

बैंकको आयोजनामा सञ्चालन गरेको एकदिने स्वास्थ्य शिविरमा १५ सय ४४ जनाको नि:शुल्क उपचार गरीएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

स्वास्थ्य शिविरमा १ सय ९५ जनाको ईसीजी, २ सय ९ जनाको ल्याव टेष्ट, १ सय ६४ जनाको भिडियो एक्सरे र दाँत फुकालिएको ६४ जनाको उपचार गरीएको छ ।

केएमसीले पछिल्लो समय निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । यसअघि काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट लगायतका जिल्लामा केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ ।

समाजसेवी डा.सुनिल शर्माले केएमसीमा अध्यक्षको जिम्मेवारी सम्हालेपछि केएमसीले गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको केएमसीले जानकारी दिएको छ ।

 

 

प्रतिक्रिया