कामना सेवाले दियो अटो व्यवसायीलाई क्युआर कोड

काठमाडौं । कामना सेवा विकास बैंकले रजत जयन्ती तथा वार्षिक साधारण सभाको अवसरमा बुटवल अटो इन्जिनियरिङ एशोसियनमा आवद्ध अटो व्यवसायीहरुलाई क्यु आर कोड वितरण गरेको छ ।

नेपाल राष्ट्र बैंकले लिएको नगद रहित कारोबार नीतिलाई कार्यान्यवन गर्ने/गराउने मुख्य उद्देश्य सहित आम नागरिक माझ डिजिटल बैकिङ सेवाको पहुच विस्तार गर्ने लक्ष्य सहित अटो व्यवसायीहरुलाई क्यु आर कोड वितरण गरेको बैंकले जनाएको छ ।

नगद रहित कारोबारलाई प्रोत्सान तथा प्रवद्र्धन गर्ने साथै ग्राहक तथा व्यवसायीलाई सहज रुपमा डिजिटल बैकिङ सेवाको पँहुच पुुरयाउने लक्ष्यका साथ बैंकले एशोसयिसनमा आवद्ध ८२७ व्यवसायीलाई क्युआर कोड वितरण गरेको बैंकको भनाइ छ । सोहि योजना अनुरुप पहिलो चरणमा करिव ५० व्यवसायीलाई क्युआर कोड वितरण गरिएको बैंकले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि लुम्विनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरी तथा कामना सेवा विकास बैंक लि. बुटवल कलष्टर प्रमुख खिमलाल भुसालले संयुक्त रुपमा क्युआर कोड बुटवल अटो इन्जिनियरिङ एशोसियसनका अध्यक्ष बाबुलाल पाण्डेलाई हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया