धादिङमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । काठमाडौं मेडिकल कलेजले धादिङको मलेखुमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्थानीय राजमार्ग सामुदायिक आँखा अस्पतालसँग सहकार्य गरेर एक दिने शिविर सञ्चालन गरिएको केएमसीले जनाएको छ ।

शिविरमा ७ सय ८३ विरामीको निःशुल्क उपचार गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार उपचारका क्रममा १ सय ९५ जनाको ल्याब टेष्ट, १ सय ८५ जनाको भिडियो एक्सरे र १३५ जनाको इसीजी गरिएको छ ।केएमसीले पछिल्लो समय निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइरहेको जनाएको छ । यसअघि काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट लगायत जिल्लामा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।

समाजसेवी डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेपछि केएमसीले गाउँ-गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तिब्रता दिइरहेको केएमसीको भनाइ छ ।

प्रतिक्रिया