फ्रान्सको जितमा ग्रिजम्यानको गोल

काठमाडौं । विश्व विजेता फ्रान्सले विश्वकपको युरोपियन छनोट फुटबलमा जित निकालेको छ । बुधबार राति भएको खेलमा फ्रान्सले बासनिया एन्ड हर्जगोभिनालाई पराजित गरेको हो ।

समूह ‘डी’ मा रहेको फ्रान्सले बोसनिया एन्ड हर्जगोभिनालाई उसैको मैदानमा १-० गोलले पराजित गरेको हो । फ्रान्सको जितमा एन्टोनी ग्रिजम्यानले गोल गरे । पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको फ्रान्सले दोस्रो हाफमा गोल गर्दै जित निकालेको हो ।

खेलको ६० औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै फ्रान्सलाई १-० को जित दिलाए । पहिलो हाफ र दोस्रो हाफमा फ्रान्सले गोल गर्ने राम्रो अवसर खेर फालेको थियो । विश्वकपको युरोपियन छनोटमा फ्रान्सले यसअघि पहिलो खेलमा युक्रेनसँग १-१ गोलको बराबरी खेलेको थियो । दोस्रो खेलमा भने फ्रान्सले काजकिस्तानलाई २-० गोलले हराएको थियो ।

त्यस्तै, समूहमा रहेको युक्रेनले काजकिस्तानसँग १-१ गोलको बराबरी खेलेको छ । पहिलो हाफमा नै गोल गरेको घरेलु टिमले दोस्रो हाफमा गोल खाँदै बराबरी खेलेको हो ।

जितसँगै फ्रान्सले तीन खेलबाट सात अंक बनाएको छ । समूहको दोस्रो स्थानमा रहेको युक्रेनको तीन खेलबाट तीन अंक छ । फिनल्यान्डको दुई खेलबाट २ अंक हुँदा बोसनिया एन्ड हर्जगोभिना र काजकिस्तानको समान दुई खेलबाट १-१ अंक छ ।

प्रतिक्रिया