सिटिजन्स बैंकको १६७ औं शाखा सिराहाको लहानमा

काठमाडौं ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा सिराहाको लहानमा आफ्नो १६७ औं शाखा संचालनमा ल्याएको छ ।

बुधबारदेखि उक्त शाखामा बैंकिङ्ग कारोवारको सुरुवात गरिएको बैंकले जनाएको छ ।

यो शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य बैंकले राखेको जनाएको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दति निक्षेप योजना,लकर सेवा, एटिएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवाहरू छिटो, छरितो,चुस्त र दुरुस्त रूपमा ग्राहकलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १६७ वटा शाखा, ११८ वटा एटिएम र १०७ वटा शाखारहित बैंकिङ इकाईहरुबाट करिब साढे नौ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया