बैंक अफ काठमाण्डू लिमिटेडको अन्तर्राष्ट्रिय भुक्तानी सेवा

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि ‘प्रिपेड कार्ड सेवा’ सुचारु गरेको छ ।

यस सुविधाअन्तर्गत बैंक अफ काठमाण्डूका खातावाल ग्राहकहरुले प्रतिवर्ष पाँच सय अमोरिकी डलरसम्मको प्रिपेड कार्ड सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यो सेवा भारत बाहेक अन्य देशहरुको ई-कमर्स साइटहरूबाट एक पटक वा पटकपटक गरी पाँच सय अमोरिकी डलरसम्मको वस्तु वा सेवा अनलाइन भुक्तानी गर्न सक्ने बैंकको भनाइ छ ।

साथै बैंकका अनुसार इच्छुक ग्राहकहरूले नजिकको शाखामा आफ्नो प्यान कार्डसहित निवेदन उपलब्घ गराई यो सुविधा उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरू, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको जनाएको छ ।

प्रतिक्रिया