कोरोना अपडेट : मंगलबार १ सय ६७ जना संक्रमित थपिए, ३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ६७ जनामा कोरोना संक्रमित थपिएका छन् ।

तीन हजार १ सय ४० वटा पीसीआर परीक्षण गर्दा १ सय ६७ मा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जंनसख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७७ हजार १४७ पुगेको छ ।

त्यस्तै, १ सय १५ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७२ हजार ७२७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार ३० पुगेको छ ।

हाल क्वारेन्टिनमा ५३ जना छन् भने आइसोलेसनमा १३९० जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया