सेयर बजार ३२ अकंले बढ्यो, ६ अर्बमाथिको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसूचक ३२.१५ अकंले बढेको छ  । कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक १.२६ प्रतिशतले बढेर २५७५.६४ बिन्दुमा पुगेकाे छ । यस दिन सेन्सिटिभ परिसूचक १।३८  अकंले बढेर ४५६.१० बिन्दुमा पुगेको छ ।

यस दिन कारोबारमा आएका १३ समूहका कम्पनी मध्ये ११ समूहका समूहगत सूचक बढेका छन् । होटल तथा पर्यटन, जीवन बीमा, माइक्रो फाइनान्स, म्युचुअल फण्ड र इन्भेटष्मेन्ट कम्पनीका सूचक हरिया भएका छन् । व्यापार प्रशाेधन तथा उत्पादन समूहकाे उपसूचक यस दिन घटेको छ ।

यस दिन २ सय ९ कम्पनीका १ करोड २१ लाख ६० हजार कित्ता शेयर ६ अर्ब १८ करोड ५६ लाख ५८ हजार रुपैयाँमा खरिदबिक्री भएको छ ।

वमी माइक्रोफाइनान्स वित्तीय संस्थाले बजारमा सर्वाधिक कमाई गरी पहिलो स्थानमा छ । दोस्रो स्थानमा सानिमा जनरल इन्स्योरेन्स लिमिटेड रहेको छ ।

 

 

प्रतिक्रिया