एनआईसी एशिया बैंकद्वारा १० लाखको बीमा रकम भुक्तानी

काठमाडौं । एनआईसी एशिया बैंकले न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचार वापत १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ । बैंकको डिल्लीबजार शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत ‘गोल्ड श्रेणी’ को खाता खोलेकी काठमाडौं पानीपोखरीकी ५० वर्षीया आरती मानन्धरलाई घातक रोगको उपचारवापत उक्त रकम भुक्तानी गरेको बैंकले जनाएको छ । बैंकले खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त बीमा रकम नेको इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरेको जनाएको हो ।

हाल न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ का ग्राहकलाई भविष्यमा आइपर्न सक्ने भवितव्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न बैंकले बीमा सुविधा प्रदान गर्दै आएको छ । यस बचत योजनामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि १० लाख, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई १० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्च वापत १ लाख (अस्पताल भर्नामा ८० हजार र बहिरंग उपचारमा रू.२० हजार) सँगै विभिन्न निःशुल्क सुविधा पाइने बैंकले जनाएको छ ।

बीमा सहितको निक्षेप योजनाअन्तर्गत देशभरका ४ सय २६ जनाभन्दा बढी ग्राहकले बीमा वापतको २ करोड ६६ लाखभन्दा बढी रकम प्राप्त गरिसकेको बैंकले जनाएको छ । यस किसिमका बीमासहितको बचत योजनाबाट आमसर्वसाधारणलाई बचत गर्न थप प्रोत्साहन र प्रेरणा मिलेको बैंकले जनाएको छ ।

प्रतिक्रिया