प्रधानमन्त्रीलाई भेटे सभामुखले

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । सभामुख सापकोटाले प्रधानमन्त्री ओलीलाई सरकारी निवास बालुवाटारमै भेटेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीअनुसार सभामुख सापकोटाले आइतबार दिउँसो प्रधानमन्त्री ओलीलाई भेटेका हुन् । भेटमा के कुरा भयो भन्नेबारे भने सल्लाहकार थापो खुलाएका छैनन् ।

यसअघि प्रधानमन्त्री र सभामुखबीच प्रशस्त मात्रामा बातचित भएको थिएन । प्रधानमन्त्रीले सभामुखले आफूखुसी संसद् सञ्चालन गरेको आरोप पनि लगाएका थिए । गत फागुन ११ गतेदेखि पुनःस्थापित संसद् बैठकमा प्रधानमन्त्री ओली एक पटक पनि पुगेका छैनन् ।

प्रतिक्रिया