माछापुच्छ्रे बैंकले ल्यायो स्मार्ट डलर कार्ड

काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी परिपत्रअनुसार माछापुच्छ्रे बैंक लिमिटेडले एमबिएल स्मार्ट डलर कार्ड संचालनमा ल्याएको छ ।

माछापुच्छ्रे बैंकमा खाता भएका ग्राहकहरुले आफ्नो प्यान कार्ड पेस गरी अमेरिकी डलर ५०० बराबरको कार्ड प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

उक्त कार्डमार्फत् भारत बाहेक विश्वका अन्य मुलुकबाट वार्षिक अधिकतम अमेरिकी डलर ५०० बराबरको इकमर्स साइट मार्फत् अनलाइन भुक्तानी गर्न पनि सकिने जनाइएको छ ।

आफ्नो कार्ड मार्फत ग्राहकले एकै पटक वा पटक पटकगरी एक वर्षमा अमेरिकी डलर ५०० बराबरको कारोबार गर्न सकिने बैंकको भनाइ छ ।

स्थापनाकालदेखि नै नयाँ-नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली कर्मसियल बैंकिङ इतिहासमा पहिलो पटक आफ्नै मोबाइल वालेट रेमिट्याप संचालनमा ल्याएको बैंकले जनाएको छ ।

प्रतिक्रिया