नेपाल इन्भेस्टमेन्ट बैंकले ल्यायो ‘एनआइबिएलभी प्रिपेड इन्टरनेसनल कार्ड’

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल) ले ‘एनआईबीएलभी प्रिपेड इन्टरनेसनल कार्ड’ को शुरूवात गरेको छ ।

भर्चुअल कार्डमार्फत् ग्राहकहरूले अमेरिकी डलरलाई एनपीआरमा परिवर्तन गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले ग्राहकहरूका लागि ३५ दिन ३५ प्रतिशत छुटको प्रस्ताव पनि ल्याएको जनाएको छ ।

बैंकले आफ्ना ८६ शाखा, १३० एटीएमहरू, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५९ शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई सेवा पुर्‍याइरहेको छ ।

प्रतिक्रिया