ग्लोबल आइएमई बैंकका नयाँ तीन शाखा सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शुक्रबारदेखि तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले नवलपरासी जिल्लाको रामग्राम नगरपालिका-३, परासी, मोरङ जिल्लाको विराटनगर महानगरपालिका-४, कन्चनबारी र झापा जिल्लाको भद्रपुर नगरपालिका-५, भद्रपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

तीनवटा नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २७३ पुगेको बैैैैंकको भनाइ छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले देशका ७७ जिल्लामा फैलिएको २७३ शाखा सञ्जालसहित २४२ एटिएम, ४७ एक्सटेन्सन काउण्ट र तथा राजस्व संकलन काउण्टर, २५७ शाखारहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत् आफ्ना २२ लाखभन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

प्रतिक्रिया