८ महिनामा ८८१ खाद्य वस्तुको नमुना परीक्षण, १२७ उत्पादन मापदण्डविपरीत

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मातहतका कार्यालयहरुबाट चालू आर्थिक वर्षको फागुन मसान्त (८ महिना) सम्म कुल ८८१ खाद्य वस्तुतको नमुना परीक्षण भएको छ । यस मध्ये १२७ ओटा खाद्य वस्तुको उत्पादन गुणस्तर मापदण्डविपरीत भएकाे विभागले जनाएको छ ।

विभागका अनुसार उक्त ८ महिने अवधिमा २ हजार २ सय ८६ ओटा नमुना संकलन गरिएको थियो । खाद्यान्न तथा दालजन्य पदार्थ, तेल तथा घ्यु, दाना पदार्थ, फलफूल तथा सागपात, मसला, कन्फेक्सनरी, पिउने पानी, दूध तथा दुग्धजन्य पदार्थ लगायत उत्पादनको नुमुना संकलन गरिएको थियो ।

यी मध्ये दाना पदार्थका ३१, पिउने पानीका १८, खाद्यान्नको २०, तेलघ्युका १९ नमुना मापदण्डविपरीत रहेको पाइएको छ ।
विभाग तथा मातहतका कार्यालयबाट खाद्य पदार्र्थ उत्पादनमा गरिएको कसुरविरुद्ध ७६ ओटा मुद्दा दायर गरिएको जनाएको छ ।

दायर भएको मुद्दा मध्ये पिउने पानीका ११, तयारी चाउचाउका ७, मसलाका ६, घ्युका ५, तेल, बेकरी, दाना, सस्, मह, दालमोठ भुजिया, विष्कुटका ४/४ मुद्दा, मिठाइ, दही, चामल, बियर, गेडागुडी, खुर्सानीको धुलोलगायत खाद्य पदार्थको मुद्दा पनि रहेका छन् ।

यी मुद्दा मध्ये ३५ ओटा न्युन गुणस्तको उत्पादनका, २३ ओटा लेबल तथा विवरण नमिलेका, १२ ओटा दुषित उत्पादनका र ६ मुद्दा खाद्य ऐन, नियम तथा निर्देशिका उलंघनसम्बनधी रहेको विभागले जनाएको छ ।

राजमार्गका होटल, रेष्टुरेन्ट, दाना उद्योगहरुको ४ हजार ६ सय ५२ पटक निरीक्षण अनुगमन गरिएको पनि विभागले जनाएको छ ।

यस्ताे छ रिपाेर्ट 

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977066549″ /]

प्रतिक्रिया