एनसीसी बैंकको ३० लाख कित्ता ऋणपत्र निष्काशन, ९.५ प्रतिशत ब्याज पाइने

काठमाडौं। नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले बजारमा शुक्रबारबाट ऋणपत्र निष्काशन गरेको छ । हाल बैंक तथा वित्तीय संस्थामा प्रचलित व्याजभन्दा बढी अर्थात् ९.५ प्रतिशत व्याज दिने गरी १० वर्षे अवधिको ऋणपत्र बैंकले जारी गरेको हो ।
१ हजार अंकित रुपैयाँ अंकित मूल्य रहेको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख किक्ता ऋण पत्र बैंकले जनारी गरेको जनाएको हो । यस मध्ये ११ लाख ४० हजार कित्ता सर्वसाधारणलाई, ६० हजार कित्ता सामुहिक लागानी कोषका लागि र १८ लाख कित्ता ऋण पत्र संस्थागत लगानीकर्ताका लागि जारी गरिएको जनाएको छ ।

शुक्रबारबाट १८ चैतसम्म खरिद–बिक्रीको समय तोकेर जारी गरिएको ऋण पत्र २०८६ सालमा परिपक्व हुने बैंकले जनाएको छ । ऋण पत्रमा लगानीको व्याज बैंकले प्रत्येक ६/६ महिनामा ब्याज भुक्तानी गर्ने जनाएको छ ।

कम्तिमा २५ र बढीमा ३ लाख कित्ता ऋणपत्रका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

यस्ताे छ आह्वान पत्र 

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977066515″ /]

प्रतिक्रिया