अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी राष्ट्र बैंकको प्रतिपत्र कार्यान्वयन गर्नेमा एनएमबी बैंक पहिलो

काठमाडौं । अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी नेपाल राष्ट्र बैंकले ल्याएको प्रतिपत्र कार्यान्वयन गर्नेमा एनएमबी पहिलो बैंक भएको छ ।

उक्त प्रावधानअनुरुप अब एकै पटक वा पटक पटक गरी वार्षिक ५ सय अमेरिकी डलरसम्म वा सो बराबर अन्य परिवर्त्य विदेशी मुद्राको प्रिपेड कार्डमार्फत् अनलाइन कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

एनएमबी बैंकमा आफ्नो प्यान कार्ड र नागरिकतासहित खाता खोली विदेशबाट पाइने सुविधाहरूजस्तै अनलाइन प्रवाह हुने सेवाहरू (भारतमा बाहेक) जस्तै नेटफ्लिक्स, सपिङ, शिक्षालगायत आफ्नै कार्ड प्रयोग गरी सामाजिक सञ्जालमार्फत् आफ्नो व्यवसायलाई आफैँले भुक्तान गरी तत्कालै प्रवर्द्धन गर्न सकिने बैंकको भनाइ छ ।

बैंकको देशभरीका १८० शाखाहरूमा यो योजना सञ्चालनमा भएको र जुनसुकै शाखाबाट यो सुविधा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

बैंकले शाखाहरु साथै देशभरीका १३६ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरमार्फत् उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया