एभरेष्ट बैंकद्वारा नयाँ वर्षको कर्पोरेट क्यालेन्डर अनावरण

काठमाडौं । एभरेष्ट बैंकले पर्यटन विभाग, प्रर्दशनी मार्गमा आयोजित समारोहको बीचमा नयाँ वर्ष २०७८ को कर्पोरेट क्यालेन्डर अनावरण गरेको छ ।

लामो समयदेखि बैंकले नेपालको संस्कृति र पर्यटनसम्बन्धी विभिन्न विषय वस्तुहरुलाई समाहित गर्दै आफ्नो कर्पोरेट क्यालेन्डर बनाउदै आएको बैंकले जनाएको छ ।

‘सगरमाथाको १२ फरक फरक मुहारहरू’ विषयवस्तु राखेर तयार पारिएको बैंकको क्यालेन्डर २०७८ पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ र एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जीके नेगी, नेपाल पर्वतारोहण संघका कार्यकारी सदस्य तथा बैंकका ब्रान्ड फेस मिङ्गमा डेभिड शेर्पाले संयुक्त रुपमा अनावरण गरेको बैंकले जनाएको छ ।

कार्यक्रमका क्रममा बैंक व्यवस्थापनले, सगरमाथाको नयाँ उचाई ८८४८.८६ मिटरलाई मध्यनजर गर्दै यसको चर्चा बढाउन बैंकले ‘सगरमाथाको १२ फरक फरक मुहारहरू’ जस्तो अनुपम विषयवस्तुलाई चित्रण गरेको बताएको छ । नेपालको माउन्टेन पर्यटनलाई यसले बढावा दिने बैंकले विश्वास गरेको छ ।

स्थापनाकालदेखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेको साथै देशैभरि छरिएर रहेको आफ्नो १०२ शाखा संजाल, प्रादेशिक कार्यालय , १३४ बैंक बुथसहित विश्वव्यापी नेटवर्कबाट अत्यधुनिक मोबाइल र इन्टरनेट र बैंकिङ् सुविधा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया