ग्लोबल आइएमई बैंकले जारी गर्‍यो ग्लोबल ईकम डलर कार्ड

काठमाडौं । ग्लोबल आइएई बैंक लिमिटेडले ‘ग्लोबल ईकम डलर कार्ड’ जारी गरेको छ ।

अनलाइनमार्फत् विदेशबाट वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले ल्याएको परिवर्त्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्ने प्रावधान अनुरुप ग्लोबल आइएमई बैंक लिमिटेडले यस्तो डलर कार्ड जारी गरेको बैंकले जनाएको छ ।

बैंकले जारी गरेको डलर कार्डबाट भारत बाहेक अनलाइन मार्फत् सामान खरिद तथा अनलाइनबाट प्रवाह हुने सेवाहरु जस्तै नेटफ्लिक्स रिचार्ज, शैक्षिक शुल्क भुक्तानी गर्न तथा युट्युब, फेसबुक, ट्वीटर, वाट्सएपलगायत सामाजिक सञ्जाल मार्फत आफ्नो व्यवसाय प्रवद्र्धन गर्न सकिन पनि बैंकको भनाइ छ ।

ग्राहकहरुले आफ्नो नागरिकता र प्यान कार्ड पेश गरेर बैंकमा खाता खोली ५०० रुपैयाँ सेवा शुल्क तिरेर यो सुविधा लिन सक्ने बैंकले जनाएको छ ।

साथै कार्डमार्फत् कुनै पनि बैंकमा नगई घर तथा कार्यालयबाटै आफैँले सामानको भुक्तानी गर्न तथा अनलाइनमार्फत गरिने अन्य सेवा–सुविधाहरु लिन सकिनेछ ।

आफ्ना ग्राहक वर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरू ल्याएर ग्राहकहरुलाई लाभान्वित भएको विश्वास बैंकले लिएको छ ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७६ जिल्लामा बैंकको २७० शाखा, २४२ एटीएम, २५६ शाखा रहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया