सेयर बजार दोहोरो अकंले घट्दा पनि ६ अर्बमाथिको कारोबार

काठमाडौं ।  साताको अन्तिम कारोबारको दिन आज (बिहिबार) नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसूचक दोहोरो अकंले घटेको छ । यस दिन नेप्से २१.२९ अंकले घटेको हो ।

कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक ०.८३ प्रतिशतले घटेर २५४८.९६ बिन्दुमा पुगेर बन्द भएको छ ।

त्यस्तै, सेन्सिटिभ परिसूचक ५.६४ अकंले घटेर ४५०.३१ बिन्दुमा पुगेको छ । यस दिन कारोबारमा आएका १३ समूहका कम्पनी मध्ये १० समूहका समूहगत सूचक घटेका छन् भने ३ सूचक बढेका छन् ।

जीवन बीमा, माइक्रो फाइनान्स, हाइड्रोपावर ,म्युचुअल फण्ड र कम्पनीका सूचकहरु आज राताम्मे छन् भने इन्भेटष्मेन्ट, व्यापार र होटल तथा पर्यटनमात्र बढेका छन् ।

यस दिन २ सय ८ कम्पनीका १ करोड २५ लाख ४८ हजार कित्ता शेयर ६ अर्ब ५० करोड रुपैयाँ बढिको खरिदबिक्री भएको छ ।

 

प्रतिक्रिया