सिद्धार्थ बैंकको ‘ई-कम कार्ड प्रयोग’ गरी विदेशमा भुक्तानी गर्न पाइने

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले बिहीबारदेखि विदेशी मुद्राको भुक्तानी गर्न अझै सहज, आधुनिक र विश्वस्तरीय बनाउने उद्देश्यले सिद्धार्थ ई-कम कार्डको सुरुवात गरेको छ ।

यस सुविधा सञ्चालन पश्चात् सिद्धार्थ बैंकका ग्राहकहरुले नेपाली रुपैयाँलाई अमेरिकी डलर ५०० वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सटही गरेर सिद्धार्थ बैंकको ई-कम कार्ड प्रयोग गरी नेपालबाटै विदेशमा भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले कार्ड जारी गर्दा प्रयोगकर्ताको ग्राहक पहिचान (केवाईसी) विवरण अद्यावधिक भएको तथा सम्बन्धित प्रयोगकर्ताले स्थायी लेखानम्बर (प्यान) लिएको  हुनुपर्नेछ र प्रयोगकर्ताले एकै पटक वा पटक–पटक गरी एक वर्षमा बढीमा अमेरिकी डलर ५०० वा सो बराबरको परिवत्र्य मुद्रा जम्मा गर्न सक्ने जनाएको छ ।

यस सुविधाले ग्राहकहरुलाई सहज सेवा उपलब्ध हुने, अन्तर्राष्ट्रिय किनमेल सेवा अझ बढी सुविधा जनक बनाउने र बैंकिङ प्रणाली अझ बढी प्रभावकारी र ग्राहकमैत्री बनाउने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया