गण्डकी स्कुलको छात्रवृत्ति परीक्षा वैशाख ४ मा

काठमाडौं । पाेखरामा रहेकाे गण्डकी बोर्डिङ स्कुलले कक्षा ४ को प्रवेश परीक्षा बैशाख ४ गते लिने भएको छ ।

विद्यालयले कक्षा ४ मा छात्रवृत्तिअन्तर्गत पढ्न चाहने विद्यार्थीका लागि प्रवेश परीक्षा लिन लागेको हो । प्रवेश परीक्षामा सहभागि हुन विद्यार्थीले ३ कक्षामा पढिरहेको र चैत्र मसान्तसम्म १० वर्ष उमेर ननाघेको हुनुपर्ने विद्यालयले सूचनामा जनाएको छ ।

विद्यालयका अनुसार परीक्षा दिने विद्यार्थीले वैशाख ४ गते बिहान ८ बजेसम्म फारम भर्न सक्नेछन् । प्रवेश परीक्षा बिहान ११ बजेबाट शुरु हुनेछ ।

सातै प्रदेशमा हुने परीक्षाबाट ३० जना विद्यार्थी छनाेट गर्ने र उनीहरुलाई पूर्ण र आँशिक छात्रवृत्ति प्रदान गरिने विद्यालयका प्राचार्य बीरेन्द्र खड्काले जानकारी दिए ।उनका अनुसार यसपटकदेखि विद्यालयले सिमान्तकृत समुदायका चारजना बालबालिकालाई पूर्ण छात्रवृत्तिमा कक्षा ४ मा भर्ना लिनेछ ।

फारम विद्यालयको वेबसाइटमार्फत् अनलाइनबाट  पनि भर्न सकिनेछ । प्रवेश परीक्षा नेपाली‚ अंग्रेजी र गणित विषयकाे लिइने छ ।

प्रतिक्रिया