सेयर बजार ४१ अकंले बढ्दा ६ अर्बमाथिकाे काराेबार

काठमाडौं । साताको चौथो कारोबार दिन (बुधबार) नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसूचक ४१.३० अकंले बढेको छ ।कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक १.६३ प्रतिशतले बढेर २५७०.२६ बिन्दुमा पुगेर बन्द भएको छ ।

यस्तै आज सेन्सिटिभ परिसूचक ७.०६ अकंले बढेर ४५५.९५ बिन्दुमा पुगेको छ । यस दिन कारोबारमा आएका १३ समूहका कम्पनी मध्ये १२ समूहका समूहगत सूचक बढेका छन् ।

व्यापार, होटल तथा पर्यटन, जीवन बीमा, माइक्रो फाइनान्स, म्युचुअल फण्ड र इन्भेटष्मेन्ट कम्पनीका सूचक हरियै छन् भने हाइड्रोपावर कम्पनीको सूचक भने आज घटेको छ ।

यस दिन २ सय ८ कम्पनीका १ करोड ६९ लाख ३४ हजार कित्ता शेयर ६ अर्ब ६७ करोड ४४ लाख २३ हजार रुपैयाँमा खरिदबिक्री भएको छ ।

मंगलबार सर्वाधिक कमाई गरी पहिलो बनेको साल्ट ट्रेडिङ कर्पोरेशनले आजको दिन पनि बजारमा सर्वाधिक कमाई गरी पहिलो स्थानमा छ , भने दोस्रो स्थानमा हाइड्रोइलिक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमीटेड रहेको छ ।

 

 

प्रतिक्रिया