आमिर खानलाई कोरोना सङ्क्रमण

एजेन्सी । भारतीय अभिनेता आमिर खानलाई कोरोना सङ्क्रमण भएको छ । कोरोनाको सङ्क्रमण पुस्टी भएपछि उनी होम क्वारेनटाइनमा छन् । आमिरले आफ्ना स्टाफलाई समेत परीक्षण गर्न र अत्यावश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न निर्देशन दिएका छन् ।

आमिर अभिनीत चलचित्र ‘लाल सिंह चड्डा’को छायाङ्कन बाँकी रहेको छ । उनी पूर्ण रूपले स्वस्थ भएपछि मात्रै बाकी छायाङ्कन गरिने भारतीय सञ्चार माध्यममा उल्लेख छ ।

बलिउडमा पछिल्लो समय रणवीर कपूर, कार्तिक आर्यन, सञ्जय लीला भन्साली, मनोज बाजपेयी, सिद्धान्त चतुर्वेदी, तारा सुतारिया, सतिश कौशिक र अमित रविन्दरनाथ शर्मालाई कोरोना सङ्क्रमण भइसकेको छ ।

प्रतिक्रिया