मनीषा कोइराला अभिनीत ‘९९ सङ्स’ ट्रेलर

काठमाडौँ । अभिनेत्री मनीषा कोइराला अभिनीत म्युजिकल चलचित्र ‘९९ सङ्स’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रमा मनीषा कोइरालासँगै लिसा रे, तेन्जिन दल्हा, वारिना हुसेन, रन्जित बरोट, नील त्यागी, राहुल राम, दिवाकर पुन्दिरलगायत कलाकारको अभिनय रहेको छ ।

विश्वेश कृष्णमूर्तिले निर्देशन गरेको चलचित्रमा एआर रहमानको लेखन तथा निर्माण रहेको छ । निर्माणमा उनले इहान भट र इडिलसी वर्गाससँग सहर्काय गरेका छन् । १६ अप्रिल देखि प्रदर्शन हुने चलचित्रमा तनय साटम र जेम्स काउलीले छायाङ्कन र मोनिषा आर बलदावाले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया