सञ्जय दत्तले लगाए कोरोना भाइरस विरुद्धको खोप

एजेन्सी । भारतीय अभिनेता सञ्जय दत्तले कोभिड १९को पहिलो खोप लगाएका छन् । ६१ वर्षीय दत्तले खुसी हुँदै भ्याक्सिन लगाएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका हुन् । उनले मेडिकल टिमलाई धन्यवाद समेत दिएका छन् ।

पछिल्लो समय धेरै बलिउडकर्मीले कोरोनाको भ्याक्सिन लगाएका छन् । सैफ अलि खान, कमल हसन, सतिश शाह, शिल्पा शिरोड़कर, नागार्जुन लगायतले भ्याक्सिन लगाएको तस्बिर समेत सार्वजनिक गरेका छन् ।

सञ्जयका केजी एफ च्याप्टर २, भुज: द प्राइड अफ इन्डिया र पृथ्वीराज चलचित्र प्रदर्शनको लागि तयार चलचित्र हुन् । उनी पछिल्लो समय सडक २मा देखिएका थिए । उनी क्यान्सरलाई जितेर क्यान्सर ठिक भएको एक महिनामा नै काममा फर्किएका थिए ।

प्रतिक्रिया