कङ्गनाको ‘थलाइवी’ ट्रेलर

एजेन्सी । चलचित्र ‘थालाइवी’ को ट्रेलर सार्वजनिक भएको छ । कङ्गना रनावतको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलर उनकै जन्मदिनको अवसरमा सार्वजनिक गरिएको हो । चलचित्रमा तमिलनाडुकी पूर्व मुख्यमन्त्री जनललिताको जीवन गाथामा बनेको छ । उक्त भूमिकाका लागि कङ्गनाले २० किलो वजन बढाएकी थिइन् । उनले निभाएको भूमिकाको चौतर्फी प्रशंसा भइरहेको छ ।

चलचित्र २३ अप्रिलबाट प्रदर्शनमा आउनेछ । चलचित्र विष्णु वर्धन इन्दुरी, सैलेष आर सिंह र हितेश ठक्कर मिलेर निर्माण गरेका हुन् । कङ्गनासँगै चलचित्रमा अरविन्द स्वामीको समेत चलचित्रमा मुख्य भूमिका रहेको छ । चलचित्र हिन्दी, तमिल, तेलुगु भाषामा एकसाथ प्रदर्शन हुने बताइएको छ ।

प्रतिक्रिया