मेडिकलकी विद्यार्थी कङ्गनालाई रातो कार्पेटको रहर 

एजेन्सी । कङ्गना रनावतका पिता अमर दीप रनावत व्यवसायी हुन् । उनी छोरीलाई डाक्टर बनाउन चाहन्थे । उनले मेडिकल पढ्नको लागि कङ्गनालाई चण्डीगड पठाएका थिए । तर कङ्गनालाई मेडिकल अध्ययनमा रुची थिएन ।

उनलाई रातो कार्पेटमा हिँड्ने रहर थियो  । पढाइमा भन्दा पनि उनी कलेजका विभिन्न कार्यक्रमका लागी उत्साहित रहन्थिन् ।

उनी कङ्गना अहिले बलिउड चलचित्र जगत्की चलेकी अभिनेत्रीको रूपमा स्थापित भएकी छन् । आज उनै कङ्गनाको ३४औँ जन्मदिन । भिन्न चरित्रमा रमाउने उनलाई जन्मदिनको शुभकामना ।

प्रतिक्रिया