अब अनलाइनबाट वैध रुपमै विदेशी वस्तु तथा सेवा आयात गर्न मिल्ने

काठमाडौं । नेपालमा अब अनलाइनबाट वैध रूपमै विदेशी वस्तु तथा सेवा आयात गर्ने मिल्ने भएको छ । नेपाल राष्ट्र बैंकले गरेको नयाँ व्यवस्था अनुसार अनलाइनबाटै वैध तरिकाले वस्तु तथा सेवा आयात गर्न मिल्ने भएको हो । यसका लागि ‘क’ वर्गका वाणिज्य बैंक र ‘ख’ वर्गका विकास बैंहरुले परिवत्र्य विदेशी मुद्रामा प्रिपेड कार्ड जारी गर्न मिल्ने व्यवस्था केन्द्रीय बैंकले गरिदिएको हो ।

यी दुई वर्गका बैंकले परिवत्र्य विदेशी मुद्रामा ५०० डलरसम्मको प्रिपेड कार्ड जारी गर्न सक्ने व्यवस्था गरेको छ । यस्तो व्यवस्थाले तोकिएको सीमाभित्र रहेर नेपालबाटै अनलाइन भुक्तानीमार्फत वस्तु तथा सेवा वैध रुपमा खरिद गर्न सकिने भएको छ । यसले खासगरी नेपाली उपभोक्ताले फेसबुक, ट्वीटर, युट्यु जस्ता समाजिक सञ्जामा विज्ञापन गर्ने, सामग्री बुष्ट गर्ने जस्ता सेवालाई सघाउने भएको छ । त्यस्तै सीमाभित्र रहेर अनलाइनमार्फत अन्य वस्तु तथा सेवा खरिद गर्न सकिने छ ।

यस्तो प्रिपेड कार्ड जारी गर्ने बैंकले सेवाग्राहीले कार्डमार्फत गर्ने विदेशी वस्तु तथा सेवा खरिदको विवरण भने केन्द्रीय बैंकजारी उपलब्ध गराउनु पर्ने व्यवस्था गरिएको छ ।

कार्ड प्रयोगकर्ताले नेपाली वस्तु तथा सेवा अनलाइनमार्फत विदेश निर्यात गरे त्यो बापत हुने आयसमेत उक्त कार्ड खातामै जम्मा हुनुपर्ने व्यवस्था छ । कार्डको मौज्दात ५ हजार डलरभन्दा बढी भए उक्त रकम कार्डबाहकेको स्वेदशी वा विदेशी मुद्रा खातामा जम्मा गर्नुपर्ने व्यवस्था छ ।

समाजिक सञ्जाल तथा अनलाइनकार्फत भएका वस्तु तथा सेवा खरिदबिक्रीको नियमन हुन नसकेकोमा उक्त नयाँ व्यवस्थाले त्यसलाई बैधानिक नियमनको दायरामा समेट्ने अपेक्षा राष्ट्र बैंकले गरेको छ ।

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977065546″ /]

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977065545″ /]

प्रतिक्रिया