राष्ट्र बैंककाे प्रवक्तामा ढकाल

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल नियुक्त भएका छन् । चैत १० गतेदेखि लागू हुने गरी उनलाई प्रवक्ता तोकिएको हो । राष्ट्र बैंकको नियमन विभागमा रहेर काम गरिरहेका ढकाल कार्यकारी निर्देशक मध्ये तेस्रो बरियताका हुन् ।

यसअघिका प्रवक्ता डा. गुणकर भट्ट भने बैंक सुपरीवेक्षण विभागमा सरुवा भएका छन् ।

नवनियुक्त प्रवक्ता ढकालले व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । बैंकिङ क्षेत्रमा उनको २५ वर्ष लामो अनुभनव छ ।

प्रतिक्रिया