नविल इन्भेष्टमेन्टद्वारा निःशुल्क ‘स्याटेलाइट पीएमएस’ सुरू

काठमाडौं । नविल इन्भेष्टमैन्ट बैंकिङ लिमिटेडले सेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्तालाई लक्षित गरी नविल इन्भेष्टमेन्ट स्याटेलाइट पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस सञ्चालनमा ल्याएको छ ।

लगानीकर्ताले निःशुल्क उक्त सेवा प्राप्त गर्न सक्ने कम्पनीले जाएको छ । विशेष लगानी व्यवस्थापन सेवाअन्तर्गतको शेयर लगानी व्यवस्थापन सेवामा दक्ष विश्लेषकका आधारमा बजारको उचारचढावलाई मध्यनजर गरी लगानी व्यवस्थापन गरिने जनाएको छ ।

लगानीकर्तालाई मुनाफा भएको अवस्थामा मात्र शुल्क लिने कम्पनीले जनाएको छ । यो सेवामा प्रवेश गर्न कम्तिमा २५ लाख रुपैयाँ नगद वा सोही मूल्य बराबरको सेयर मूल्यांकन गराई उक्त सेवा प्राप्त गर्ने सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया