एनआइबिएल एस क्यापिटलद्वारा ‘सेयर ज्ञान एजुकेसन इन्भेस्टर’ अभियान सञ्चालन

एनआइबिएल एस क्यापिटल लिमिटेडले सबै लगानीकर्ताहरुलाई शेयर बजारसम्बन्धी ज्ञान होस् भन्ने उद्देश्यका साथ ‘सेयर ज्ञान एजुकेसन इन्भेस्टर’ नामक चेतनामुलक अभियान सञ्चालन गर्दै आइरहेको छ ।

एनआइबिएल एस क्यापिटल लिमिटेडले योजना चेतनामुलक अभियान सामाजिक सञ्जालमार्फतबाट सबै वर्गलाई बुझ्न सजिलो हुने उद्देश्यले नेपाली र अंग्रेजी दुवै भाषामा सम्प्रेषण गर्दै आइरहेको छ ।

साथै शेयर बजार सम्बन्धी विस्तृत जानकारीदिनकालाीग दैनिक रुपमा डेल्ली न्युज लेटर र साप्ताहिक रुपमा साप्ताहिक शेयर बजार समिक्षा पनि गरिरहेको छ । यस क्यापिटलले प्रस्तुत गर्दै आइरहेको चेतनामुलक अभियानले शेयर बजारमा लागानी गर्न इच्छुक लगानीकर्ताहरुलाई टेवापुर्‍याउनेमा क्यापिटल विश्वस्त रहेको जनाइएको छ ।

यसका साथै क्यापिटलले आगामी दिनहरुमा जनमानसमा शेयर बजारसम्बन्धी थप जनचेतना र शेयर ज्ञान अभिवृद्धि गर्न आफ्नो सामाजिक सञ्जालका माध्यमहरू अझ सक्रिय बनाउदै जाने प्रतिवद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया