सिटिजन्स बैंकका ग्राहकलाई त्रिसरा रेस्टुरेन्टमा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र त्रिसरा रेस्टुरेन्ट एण्ड बार बीच बैंकका ग्राहक लाई सेवा शुल्कमा विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार सिटिजन्स बैंकका डेबिट क्रेडिट/प्रिभिलेज कार्डवाहक ग्राहकले त्रिसरा रेस्टुरेन्ट एण्ड बारको  दरबारमार्ग, लाजिम्पाट, पोखरालगायत देशै भरिका शाखाबाट विशेष छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले जनाएको छ ।

 

प्रतिक्रिया