६३ अंकले बजार बढ्दा परिसूचक २५ सय बिन्दुमाथि

काठमाडौं । सेयर बजार (नेप्से) परिसूचक ६३.३८ अंकले बढेको छ । आइतबार परिसूचक २५३८.४६ विन्दुमा उक्लिएको छ । सेन्सेटिभ इन्डेक्स समेत यस दिन ९.४४ अंकले बढेर ४५३.९५ बिन्दुमा पुगेको छ ।

यस दिन ५ अर्ब ९१ करोड ९८ लाख २४ हजार ५ सय ६९ रुपैयाँमा २ सय ६ कम्पनीका १ करोड २४ लाख ३० हजार २ कित्ता सेयर किनबेच भएको छ । यस दिन ८० हजार ९ सय ८६ वटा कारोबार भएका छन् ।

यस दिन सबै समूहगत कम्पनीका सूचक हरिया भएका छन् । जीवन बीमा समूह सबैभन्दा बढी ७४२.७६ अंकले बढेको छ । भने निर्जीवन बीमा समूह ५६१.३४ अंकले बढेको छ ।

आइतबारको बजारमा लघुवित्ततर्फ धेरै लगानीकर्ता आर्षित भएको देखिएको छ । सबैभन्दा बढी कमाउने कम्पनीमा महिला लघुवित्त, स्वरोजगार लघुवित्त, युर्योदय लघुवित्त गरी ३ ओटा लघुवित्त संस्थाको सेयर १० प्रतिशतले बढेका छन् । त्यस्तै, सामुदायिक लघुवित्त, चन्द्रागिरि हिल्ससहित ७ वटा कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

ग्रिनलाइफ हाइड्रोलगायत कम्पनीका सेयर मूल्य घटेका छन् ।

प्रतिक्रिया