बैदेशिक अध्ययनलाई सहज बनाउने एडभोयको प्रयास

काठमाडाैं । एडभोए नेपालले काठमाडौँमा ‘ग्लिजी ईभेन्ट’ सम्पन्न गरेको छ । कार्यक्रममा तीन सय वैदेशिक अध्ययनसम्बन्धी एजेन्सी सहभागी थिए ।

भर्चुअल माध्यमबाट गरिएको कार्यक्रममा बिभिन्न देशको प्रतिनिधिले ‘जुम’ मार्फत भनाई राखेका थिए । पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठले सञ्चालन गरेको कार्यक्रमका प्रमुख अतिथी राजेश हमाल थिए ।

कार्यक्रमका प्रमुख अतिथी हमालले एडभ्वाईले डिजिटल प्लेटफर्मबाट बिदेशको शैक्षिक निती र शैक्षिक कार्यक्रमको बारेमा विद्यार्थीलाई महत्वपूर्ण सूचना प्रदान गर्न भूमिका खेल्ने विश्वास ब्यक्त गरे । हमालले विद्यार्थीहरुलाई एडभोयको डिजिटल प्लाटफर्मको भरपुर उपयोग गर्न आग्रह पनि गरे ।

कार्यक्रममा विश्वभरी अध्ययनको लागी ३६ हजार भन्दा धेरै कोर्स रहेको र यसबारे आवश्यक जानकारी एडभोयले डिजिटल माध्यमबाट प्रदान गर्ने जानकारी दिइएकोे थियो । एडभोयका सिईओ सदिक बासाले आफु सन् २००० मा यूके अध्ययनको लागी जाँदा भोगेको दुख सुनाउँदै अब विद्यार्थीले बाहिर अध्ययन गर्न जाँदा त्यस्तै कष्ट भोग्नु नपरोस् भनेर ईभेन्ट सञ्चालन गरेको जानकारी दिए ।

बासाले नेपालसँग दिर्घकालिन साझेदारी र नेपाली विद्यार्थीहरुको बैदेशिक यात्रामा एडभ्वाईले सधै सहयोग गर्ने प्रतिबध्दता ब्यक्त गरे । उनले बैदेशिक शिक्षा निती, विश्वविद्यालयको बारेमा भएको सिमीत ज्ञान, कोर्सको शुल्क, उपलब्ध भएका कोर्सहरुबारे विद्यार्थीलाई पूर्ण जानकारी गराउँन सके अनावश्यक झमेलामा फस्ने र ठगीमा पर्ने संभावना कम हुने जानकारी दिएका थिए ।

साथै पोस्टकोभिडको अबस्थामा एडभोएले बिध्यार्थीहरूलाई बिश्वबिद्यालय, कोर्स, छात्रबृती लगायत वान स्टप सोलुसन फर अब्रड स्टडी सर्भिस प्रदान गर्ने उद्देश्यले नेपालमा एडभोए आफुले प्रबर्धन गरेको एडभोयका नेपाल कन्ट्रि डाइरेक्टर फिलिप डिसी ले कार्यक्रममा जानकारी समेत गराए ।

बैदेशिक अध्ययनको क्रममा बाहिरिने विद्यार्थीहरुलाई सहजीकरण गर्ने उद्देश्यले कार्यक्रम गरिएको एडभोयले जनाएको छ । कार्यक्रममा यूकेमा अध्ययन लागी जाँदा शैक्षिक नीति त्यहाँको मूल्य मान्यताबारे लोकल एजेन्टले थाहा पाउनेपर्ने कुरामा जोड दिएको थियो ।

प्रतिक्रिया