नबिल बैंकले औषधि व्यवसायीलाई सघाउने

काठमाडाैँ । नेपालको अग्रणी वाणिज्य बैंक, नबिल बैंक र नेपाल औषधि व्यवसायी संघ, काठमाडौंबीच औषधि व्यावसायीहरुलाई सहयोग गर्नेसम्बन्धी सम्झौता भएको छ ।

व्यावसायीहरुको आवश्यकता अनुसार बैंकको कर्जा नीतिको अधिनमा रहेर विभिन्न बैंकिङ सेवाहरु प्रदान गरेर औषधि व्यवसायीहरुलाई सहयोग गर्ने सम्झौतामा उल्लेख छ । सम्झौता पत्रमा नबिल बैंकका एसएमई तथा लघुवित्त प्रमुख निरजकुमार बस्नेत (डनिल) र नेपाल औषधि व्यवसायी संघ, काठमाडौंका अध्यक्ष बद्रीप्रसाद श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सो सम्झौता नेपाल औषधि व्यवसायी संघ, काठमाडौं जिल्ला शाखाको आयोजनामा, काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला भरको औषधिको थोक व्यवसायीहरुको बृहत भेला कार्यक्रममा भएको हो । सो कार्यक्रममा नेपाल औषधि व्यवसायी संघका प्रमुख भरत भट्टराईको उपस्थिती रहेको थियो ।

साझेदारीको बारेमा बोल्दै, नबिल बैंकका एस.एम.ई. तथा लघुवित्त, प्रमुख निरज कुमार बस्नेत (डनिल)ले भने, ‘नबिल बैंक औषधि व्यवसायीहरुलाई वित्तिय पहुँचमा बृद्धि तथा समग्र अर्थतन्त्रको विकास गर्नका लागी विभिन्न बैंकिङ सुविधा र सेवाहरु उपलब्ध गराउन सधैँ अग्रसर रहेको छ। हामी औषधि व्यवसायीहरु र बैंकको दिगो विकासलाई ध्यानमा राख्दै औषधि व्यवसायमा वित्तिय लगानी गर्ने अग्रणी बैंक मध्ये एक हौं । हामीलाई आशा छ कि यो साझेदारीले औषधि व्यवसायीहरुको वित्तिय व्यवस्थापनमा हालको अन्तर पूर्ण गर्न मद्दत पुर्‍याउनेछ । साथै, नबिल बैंकले आपतकालिन सेवाहरुमा संलग्न औषधि व्यवसायीहरुसँग आबद्घ हुन पाएकोमा गौरवान्वित महसुस गर्दछ ।’

नबिल बैंकले आफ्नो देशभर ११९ वटा शाखा कार्यलयहरु, १८५ एटीएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देश्मा रहेका एजेन्टको बृहत सन्जाल मार्फत निरन्तर गुनस्तरीय सेवा प्रवाह गरिरहेको छ । एक उच्च प्रशिक्षित समुह र मजबूत र सुरक्षित बैंकिङ प्रणालीको साथ तीन दशक भन्दा बढीको बैंकिङ अनुभवको साथ, नबिल बैंक ग्राहकहरुलाई मूल्य अभिवृद्धि गर्न उच्च सेवा वितरणको लागि लक्षित छ ।

नेपाल औषधि व्यवसायी संघ, सन् १९७३ मा स्थापित औषधि व्यापार पेशामा संलग्न एक गैर नाफामुलक संस्था हो जुन समग्र औषधि व्यापारको सुरक्षाको साथ मूल्य एकरुपता लागू गर्न स्थापना भएको हो । नबिल बैंक र नेपाल औषधि व्यवसायी संघबीचको सम्झौता मार्फत, नेपाल औषधि व्यवसायी संघको सदस्यता प्राप्त औषधि व्यवसायीहरुको वित्तिय आवश्कता परिपुर्ति गर्न मद्दत गर्दछ ।

प्रतिक्रिया